• २०७७ असोज १२ सोमबार

युफा नेसन्स लिगको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेले

युफा नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

गए राति भएको समूह जीको खेलमा जर्मनी १–१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ५१ औं मिनेटमा जर्मनीले अग्रता लियो ।

टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खाएपछि नेसन्स लिगमा जितविहिन यात्रा कायम राखेको छ । अतिरिक्त समयमा स्पेनले बराबर गोल फर्काएको हो । स्पेनका लागि जोसे गायाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बिहीबार राति नै भएका अन्य खेलहरुमा युक्रेनले स्वीटजरल्याण्डलाई २–१ ले हरायो भने रुसले सर्बियालाई ३–१ गोलअन्तरले पराजित गर्यो । टर्की हंगेरीसँग १–० ले हार्दा वेल्सले फिनल्याण्डलाई १ ० ले पराजित गर्न सफल रह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार