• २०७७ असोज १४ बुधबार

चितवनमा थप ७४ जनामा कोरोना संकमण पुष्टि

भरतपुरका दुई वटा प्रयोगशालामा भएको परीक्षणमा चितवनमा ७४ जना संक्रमित थप भएका छन् । चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ९३३ पुगेको छ । संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएकाहरु १५६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार