• २०७७ असोज १४ बुधबार

लोकदोहोरी गायिका राधिका हमालको ” च्यान्टी मायालु” सार्वजनिक

पुरूष स्वरमा राजेन्द्र भण्डारीको साथ

नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ ।ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ  । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार