• २०७७ असोज १४ बुधबार

क्रिष्टियानो रोनाल्डोले हाने फुटबलमा "सेन्चुरी" 

युइएफए नेशन्स कपमा स्वीडेनबिरुद्ध २ गोल

१००औं अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि खुसी मनाउँदै राेनाल्डाे

युभेन्ट्स फरवार्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १०० औं गोल  गरेका छन् । योसंगै रोनाल्डो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी बन्न सफल भएका छन् ।  गएराति भएको युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनबिरुद्ध गोल गर्दै रोनाल्डाले अन्तर्राष्ट्रिय खेलमा सेन्चुरी पूरा गरेका हुन् ।  
खेलमा उनकै दुई गोलको मद्दतमा पोर्चुगलले स्वीडेनलाई पराजित ग-यो । ३५ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो १००औं अन्तर्राष्ट्रिय गोल पूरा गरे ।  ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरेका थिए । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ताको किर्तीमानी इरानका अली दाइको नाममा कायम छ । अलीले १३ वर्षे खेल जीवनमा १०९अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार