• २०७७ असोज १४ बुधबार

रहेनन् चलचित्र निर्देशक छेतेन

आफैंले बनाएको फिल्म हेर्न पाएनन् 

नेपाली चलचित्रका निर्देशक छेतेन गुरुङको मंगलबार निधन भएको छ । कलेजोको समस्याका कारण अस्पतालमा उपचार गराइरहेका गुरुङको मंगलबार निधन भएको उनका साथी एवं निर्माता सन्तोष सेनले जानकारी दिए । चलचित्र ‘प्रेम गीत–३’का निर्देशक गुरुङको राजधानीको महाराजगञ्जस्थित मेट्रो हस्पिटलमा निधन भएको हो । कलेजोको समस्याका कारण एक महिना अघि गुरुङ अस्पताल भर्ना भएका थिए । चलचित्र ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनयात्रा शुरु गरेका उनी नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ जस्ता सफल चलचित्रका लेखक समेत हुन् ।  कोभिड प्रभावका कारण सिनेमा हल बन्द हुँदा चलचित्र ‘प्रेम गीत–३’ को रिलिज रोकिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार