• २०७७ असोज १४ बुधबार

भाइबर मार्फत क्विज खेल्न चाहनुहुन्छ ? 

एनआईसी बैंकबाट पाइन्छ यस्तो उपहार 

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकले समयानुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने भएको छ । बैङ्कले भाइबर कम्युनिटी मार्फत क्विज संचालन गर्दै सहभागीलाई आकर्षक पुरस्कारको अफर सार्वजनिक गरेको हो । बैंकका ग्राहक तथा अन्य ईच्छुकले बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई योजनामा सहभागी हुन सक्नेछन् । 
योजना अन्तर्गत सहभागीहरूले २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन्  र जति धेरै सही जवाफ दिइन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।
यस योजनामा सहभागी भई सही जवाफ दिने एक जना विजेतालाई बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पानासोनिकको तर्फबाट ३२ इन्चको पानासोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेज को तर्फबाट भ्याकुम क्लिनर,इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App  खोली सर्च बक्समा गई एनआइसी एशिया बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Quiz योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार