• २०७७ असोज १४ बुधबार

सरकारले नमाने पनि असोज १ बाट लामो दूरीका गाडी चलाउने ब्यवशायीको चेतावनी

यातायातमन्त्री भन्छन्–"मेरो मात्रै बसमा छैन"

यातायात व्यवशायी र मजदुरहरुले असोज १ गतेबाट सरकारले नमाने पनि लामो दूरीका यातायात संचालन गर्ने चेतावनी दिएका छन् । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्बाङसंगको भेटमा उनीहरुले भदौ ३२ गते पछि यातायात संचालनमा रोक नलगाउन माग गरेका हुन् । आफूहरुले सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्क्याएर बसेको भन्दै उनीहरुले असोज १ बाट नमान्ने  बताए । ब्यवशायी एवं मजदूरहरुले असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने सहितका ४ बुंदे माग मन्त्रीसमक्ष राखेका छन् । 
मन्त्री नेम्वाङले कोभिड संकटको समयमा आफू एक्लैले निर्णय गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसमक्ष यातायात क्षेत्रको माग पु¥याईदिने प्रतिवद्धता जनाएका छन् ।  तर तत्काल सरकार यातायात ब्यवशायी र मजदूरलाई राहत दिन सक्ने अवस्थामा भने नरहेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार