• २०७७ असोज १४ बुधबार

यूएस ओपनको उपाधि जापानी ओसाकालाई

फाइनलमा भिक्टोरिया अजारेन्का २ -१ ले पराजित

यसवर्षको महिलातर्फको  यूएस ओपन च्याम्पियनको उपाधी जापानी खेलाडी नाओमी ओसाकाले हात पारेकी छिन् । 
अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि त्यसपछिको दुई सेटमा लगातार जित निकाल्दै च्याम्पियन बनेकी हुन् । फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि हात पारेकी हुन् । ओसाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।  उनी दुई वर्षअघि पनि सोही विधामा च्याम्पियन बनेकी थिइन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो वरीयताकी २२ वर्षीया ओशाकाले अघिल्लो वर्ष अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार