• २०७७ असोज १४ बुधबार

प्रदेश १, २,बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

बाढी पहिरोप्रति सचेत रहन मौसम विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आइतबार दिनभरी नै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्ष हुने सम्भावना रहेको बताएको छ । गएराति देखि नै ती प्रदेशका अधिकांश स्थानमा वर्षा भैरहेको छ । मनसुनी वायुको  प्रभावका कारण आज दिनभरी वर्षा जारी रहने विभागले जनाएको हो । चारवटै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन दिनसम्म वर्षा हुने विभागको पूर्वानुमान छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने खतरा रहेको भन्दै सजग रहन विभागले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार