• २०७७ असोज १४ बुधबार

सभामुख सापकोटा सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रमा

खोजी तथा उद्धार सकृय पार्न निर्देशन

घटनाबारे जानकारी लिदैं सभामुख सापकोटा । तस्वीर : श्रीधर न्यौपाने

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको पहिरो प्रभावित बाह्रबिसे नगरपालिकाको घुम्थाङ पुगेका छन् । पहिरोले पु-याएको क्षतिको स्थलगत निरीक्षणका लागि सो क्षेत्रका सांसदसमेत रहेका सभामुख सापकोटा घटनास्थलमा पुगेका हुन् । सडकमार्गबाट बाह्रबिसे पुगेका सापकोटाले उद्धारकार्यबारे सुरक्षा निकायका स्थानीय प्रमुखहरुसंग जानकारी लिनुका साथै पहिरो पिडीतसंग पनि कुराकानी गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । पहिरोमा पुरिएकाको तत्काल खोजी र उद्धारकार्य गर्न एवं पिडीतलाई यथाशीघ्र राहत उपलब्ध गराउन पनि सभामुखले स्थानीय प्रशासन र जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

बाह्रबिसे ७ घुम्थाङको तीन स्थानमा गएरातिको पहिरोले दर्जनौं मानिस बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार