• २०७७ असोज १४ बुधबार

सिन्धुपाल्चोकका असुरक्षित बस्ती तत्काल सार्न देउवाको माग

पहिरो पिडीतलाई तत्काल अस्थायी बसोबास मिलाउन सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसंग माग गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ मा आइतबार भएको घटनाप्रति दुःख ब्यक्त गर्दै देउवाले पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ती जारी गर्दै देउवाले वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई  उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । विज्ञप्तीमा देउवाले सिन्धुपाल्चोक र बागलुङमा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै उद्वार र राहतमा सक्रिय हुन कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । 
        

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार