• २०७७ असोज १४ बुधबार

लकडाउन र निषेधाज्ञा हटाउन ब्यवशायीहरुको माग

सुरक्षा मापदण्ड अपनाएर सबै क्षेत्र खुला गर्नुपर्ने परिसंघको धारणा

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटमा सीएनआईका पदाधिकारी

उद्योगी, व्यवशायीहरुले उद्योग क्षेत्रले अब लामो समय लकडाउन र निषेधाज्ञा धान्न नसक्ने भन्दै कोभिडसंग बचेर उद्योग व्यवशाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् ।  आइतबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नु उपयुक्त हुने धारणा ब्यक्त गरे । आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा तत्काल हटाउनुपर्ने उनीहरुको भनाइ छ । कोरोना महामारीबाट निजी क्षेत्र गम्भीर परिस्थितिबाट गुज्रिरहेको भन्दै परिसंघका पदाधिकारीले कर तिर्न तोकिएको समयभन्दा एक महिना बढी समय दिन पनि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । परिसंघले उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाई काममा लगाउने भन्दै संक्रमण भेटिएमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ । संक्रमण फैलिएको ठाउँमा मात्र निषेधाज्ञा गर्ने र संक्रमितको राम्रो उपचारको व्यवस्था गरेमा उद्योग व्यवसाय चलायमान राख्न सकिने र अर्थतन्त्रमा नकारात्मक असर पनि नपर्ने सुझाव दिइएको परिसंघले जनाएको छ । राष्ट्रपतिसंगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार