• २०७७ असोज १४ बुधबार

विश्वमा २४ घण्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित

एकैदिन तीन लाख ७ हजार ९ सयमा संक्रमण पुष्टि

आइतबार संसारभर २४ घण्टामा थपिएका नयाँ कोरोना संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा उच्च छ । 
आइतबार एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारतमा ९४ हजार, अमेरिकामा ४५ हजार तथा ब्राजिलमा ४३ हजारभन्दा धेरै मानिसमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । योसंगै विश्वमा कोरोना संक्रमितको कूल संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजारभन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर हालसम्म ९ लाख १७ हजारभन्दा बढी ब्यक्तिको कोरोनाका कारण मृत्यु भैसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार