• २०७७ असोज १२ सोमबार

स्वास्थ्य सामग्री खरिद प्रकरणमा विादित ओम्नी समूह कालोसूचीमा

एक वर्षसम्म कुनै खरिद प्रक्रियामा भाग लिन नपाउने


चौतर्फी बिरोध र दवाबपछि सरकारले विवदास्पद ओम्नी समूहलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखिएको जनाएको हो ।   विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नीसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालयले ओम्नी समूहलाई  आगामी एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सम्बद्ध संसदीय समितिहरुले ओम्नीलाई कालोसूचीमा राख्न पटक पटक सरकारको ध्यानाकर्षण गराएका थिए । स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार