• २०७७ असोज १४ बुधबार

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपालमा अभाव

एक दिनमै बजारमा बढ्यो प्याजको मूल्य

भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएसंगै नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले सोमबारबाट प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको हो । त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेअनुसार भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी हो, तर कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचारमा उल्लेख गरिएको छ ।  भारतमा अप्रिलदेखि जूनसम्मको अवधिमा १९.८ करोड अमेरिकी डलर बराबरको प्याज निर्यात भएको देखिएको छ, जबकि गत वर्षको पूरा अवधिमा जम्मा ४४ करोड अमेरिकी डलर मूल्य बराबरको प्याज मात्र निर्यात भएको थियो । नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ । भारतले प्याजको निर्यात ठप्प पारेको भोलिपल्टै मंगलबार नेपाली बजारमा प्याजको अभाव देखिन थालेको छ । स्टकमा रहेका ब्यापारीहरुले समेत अब प्याज नआउने भन्दै महंगो मूल्यमा बिक्री गर्न थालेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार