• २०७७ असोज १४ बुधबार

नियमित पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायीको प्रदर्शन

लकडाउन अवधिको कर मिनाहा गर्न माग

कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्ने  लगायतका माग राखी व्यापारीहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् । व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै जाँदा सरकारले कुनै सहुलियत नदिएको भन्दै कोटेश्वरका व्यपारीहरुले शान्तिपूर्ण विरोध गरेका हुन् । उनीहरुले लडाउनको अवधीको भाडा मिनाहा गर्नुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिको कर खारेज गर्नुपर्ने , बैंकको व्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । ब्यापारीहरुले बैज्ञानिक घरभाडादर लागू गर्न पनि सरकारलाई सुझाव दिएका छन् । अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण बनाउन र यस अवधिमा देखिएका समस्या समाधानका निम्ती ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य नीलप्रसाद घिमिरेले जानकारी दिए । उनीहरुले हरेक दिन कार्यालय समयमा शान्तिपूर्ण प्रर्दशन गर्ने र आफूहरुको मागका बारेमा कुनै सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार