• २०७७ असोज १४ बुधबार

एसिड आक्रमणबिरुद्धको कानून निर्माणको तयारी शुरु

मन्त्रालयद्वारा सरोकारवालासंग छलफल

कानून मन्त्रालयले गरेको छलफलका सहभागीहरू ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेशको मस्यौदा बनाउन छलफल सुरु गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाही गर्न नयाँ कानून ल्याउन निर्देशन दिएसंगै मन्त्रालयले कानूनको मस्यौदा निर्माण गर्न सरोकारवालासंगको छलफल सुरु गरेको हो । मंगलबार मन्त्रालयमा कानून निर्माणका लागि सरोकारवालासंग छलफल गर्दै कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले अध्यादेशबाट छिटो भन्दा छिटो कानून बनाईने जानकारी दिइन् । उनले तीव्र गतिमा कानून निर्माणको काम भइरहेको भन्दै एसिडजन्य जघन्य अपराध विरुद्ध ऐनमा समेट्नुपर्ने बिषयमा छलफल गरिएको बताइन् । पिडीत पक्षलाई न्याय हुने गरी ऐन निर्माण गर्र्नुपर्ने आवश्यकता रहेको मन्त्री तुम्बाहाम्फेको भनाइ छ । 
कार्यक्रममा सरकोरवालाहरुले कडा भन्दा कडा कारवाही हुने कानून तर्जुमा गर्नुपर्ने बताएका थिए । छलफलमा महिला अधिकारकर्मी डा. रेणु अधिकारीले पिडीतलाई पिडकबाट क्षतिपूर्ति भराउने बिषयलाई कानूनमा नै उल्लेख गर्नुपर्ने सुझाव दिइन् । त्यस्तै महिला, कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले अन्य देशमा एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय भएपनि नेपालमा मृत्युदण्डको ब्यवस्था नभएकाले जन्मकैदको सजाय तोक्न सुझाव दिए । त्यस्तै छलफलमा सहभागी अन्य अधिकारकर्मीहरुले एसिडजन्य जघन्य अपराध विरुद्धको कानूनलाई बलियो बनाउन सके यस्ता घटनामा कमि आउने बताएका थिए । शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने मन्त्रालयको तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार