• २०७७ असोज १४ बुधबार

लोडसेडिङलाई इतिहास बनाउन सकेकोमा खुसी देखिए कुलमान

अझै पूरा गर्न बाँकी धेरै योजना रहेको भनाइ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर लोडसेडिङलाई इतिहास बनाइदिएको बताएका छन् । 
चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा लिने क्रममा मंगलबार घिसिङले लोडसेडिङमुक्त नेपाललाई निरन्तरता दिनु प्राधिकरणको भावी नेतृत्वका लागि चुनौतिपूर्ण हुने प्रतिक्रिया दिए । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चूनौती हुन सक्ने संकेत गरे । प्राधिकरणले हाँसिल गरेका उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उनले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने धारणा राखेका हुन् ।  आफुले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि नै लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै घिसिङले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरे । उनले प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउँदै लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको जानकारी दिए । विद्युत आयात गरेर लोडसेडिङ अन्त्य गर्नुमात्र प्रमुख कारण नभएको बताउदै घिसिङले त्यस विषयमा भारतसँग समेत प्राधिकरणले काम गरेको तर्क गरे । उनले विद्युत आयात र निर्यात गर्नु सजिलो काम नभएको बताउदै त्यसमा आफूहरुले धेरै मेहनत गरेको बताए । घिसिङले प्राधिकरणले उल्लेख्य फड्को मारेको र आफ्नो कार्यकालमा ४५७ मेगावाटका आयोजना संचालनमा आएको जानकारी दिए ।  देशलाई विद्युतमा आत्मनिर्भर, काठमाडौंलाई तार र पोल रहित बनाउने, डिजिटल प्राधिकरण बनाउने, देशभर विद्युत पुर्याउने जस्ता काम आफूले पुरा गर्न नपाएको उनको भनाई थियो । उनलाई प्रचण्ड नेतृत्वको सरकारले  २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार