• २०७७ असोज १२ सोमबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

देशैभर ठूलो धक्का महशुस

सिन्धुपाल्चाेकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं उपत्यका सहित नेपालका अधिकांश भुभागमा महशुस गरिएको थियो । एकाबिहानै गएको भूकम्पसंगै मानिसहरु घर बाहिर म्पले के कति क्षति पु-यायो भन्ने विवरण आउन बाँकीनै छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले हालसम्म कुनै क्षतिको जानकारी नअाएको बताए । सुरक्षा टोलि तयारी अवस्थामा राखिएको भन्दै उनले कतै घटनाबारे जानकारी अाए तत्काल परिचालन गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार