• २०७७ असोज १४ बुधबार

अख्तियारका प्रथम प्रमुख आयुक्त अनिरुद्रप्रसाद सिंहको निधन

निमोनियाका कारण १०० वर्षको उमेरमा निधन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रथम प्रमुख आयुक्त अनिरुद्रप्रसाद सिंहको गएराति एक सय वर्षको उमेरमा निधन भएको छ । २०३४ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तका रुपमा नियुक्त सिंहले २०४२ सालसम्म  ८ वर्ष नेतृत्व गरेका थिए । पूर्वप्रधानन्यायाधीश समेत रहेका सिंहको गएराति साँढे सात बजे काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा निधन भएको हो ।  निमोनियाबाट पिडीत सिंहको सोही रोगका कारण मृत्यु भएको पारीवारिक श्रोतले जानकारी दिएको छ । बि.सं.२०१३ सालमा सर्वोच्च अदालतको गठनसंगै प्रधान न्यायाधीश बनेका सिंहले तीन वर्षसम्म न्यायपालिकाको नेतृत्व सम्हालेका थिए । त्यसपछि २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष भए । राजा महेन्द्रका बिश्वासपात्र सिंह २०१८ सालमा राजदरबार अन्तर्गतको विशेष जाहेरी विभागको प्रमुख समेत बनाइएका थिए । उनलाई बि. सं.२०३२ सालमा संविधान सुधार आयोगको अध्यक्षको जिम्मेवारी समेत दिइएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार