• २०७७ असोज १४ बुधबार

४८ रुपैयाँमा किनेको प्याज १२० रुपैयाँमा बिक्री

बल्खुस्थित तरकारी बजारका ब्यापारीमाथि कारबाही

काठमाडौंको बल्खुस्थित तरकारी थोक बजारका एक व्यापारीले ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँसम्ममा बेचेको फेला परेको छ ।  महानगरपालिकाको अनुगमन टोलिले कालीमाटी तथा बल्खु क्षेत्रका तरकारी बजार अनुगमनका क्रममा सो अनियमितता भेटाएको हो ।  झण्डै २ सय प्रतिशत बढी मूल्यमा प्याज बिक्री गरेको भेटिएपछि एसके सप्लायर्स र सुली सगरमाथा सप्लायर्सका सञ्चालक सुनील केसीलाई पक्राउ गरी महानगरीय प्रहरीको जिम्मा लगाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सनाले जानकारी दिए । कालोबजारी गरेको प्रमाणित भएपछि उनको व्यापार समेत  रोक्कामा परेको छ । केसीले पसलमा लुकाइ छिपाई राखेको २ सय ४० बोरो प्याज पनि टोलिले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका, वाणिज्य विभाग र उपभोक्ताकर्मीको समन्वयनमा अनुगमन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार