• २०७७ असोज १४ बुधबार

अन्तराष्ट्रिय सीमा नाका असोज ३० सम्म नै बन्द

चीनमा अलपत्र नेपालीहरु रसुवागढी नाकाबाट आउन पाउने

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्द गर्दै आएको अन्तराष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । 
मन्त्रीपरिषद्को गत सोमबारको बैठकले भदौ ३१ सम्म कायम रहेको सीमानाका र नेपाल प्रवेश गर्ने सबै बिन्दु थप एक महिना बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यक अवस्थाका नेपालीहरुलाई नेपाल प्रवेश गर्नका लागि विभिन्न १३ वटा नाकामा ब्यवस्था मिलाइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार नेपालले जानकारी दिए । विगतमा खुला गरिएका भारतसंगका १० नाकाका अतिरीक्त भारततर्फ ईलामको पशुपतिनगर र दार्चुलाको खलंगास्थित पुलघाट नाकाबाट अप्ठेरोमा परेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइनेछ । त्यसैगरी चीनसंगको रसुवागढी नाकाबाट पनि चीनमा अलपत्र परेका नेपालीहरुलाई देश छिर्न अनुमति दिने निर्णय सरकारले गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार