• २०७७ असोज १४ बुधबार

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा  निर्वाचित

एक वर्षमात्र सरकारको नेतृत्व गर्ने

जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । जापानी संसदको तल्लो सदन डायट र माथिल्लाे सदनमा बुधबार भएको निर्वाचनमा अत्यधिक बहुमत सहित डेमोक्रेटिक पार्टीका नेता सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदको ४६० मतमध्ये ३१४ मत प्राप्त गरी सुगा स्पष्ट बहुमतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एदानो आकिओले १ सय १५ मत प्राप्त गरेका थिए । जापानी संसदमा सामान्य बहुमतका लागि २३२ मत भए पुग्छ । माथिल्लो सदनमा पनि सुगाको स्पष्ट बहुमत छ । सात वर्ष जापानको नेतृत्व गरेका प्रधानमन्त्री सिन्जो आबेको उत्तराधिकारीका रुपमा जापानी सरकारको नेतृत्व गर्न लागेका सुगाको कार्यकाल भने १ वर्षको मात्र हुनेछ । आगामी वर्षको सेप्टेम्बरमा आम निर्वाचन हुने भएकाले सुगाले त्यस अवधिसम्म मात्र सरकार संचालन गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार