• २०७७ असोज १४ बुधबार

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

उच्च ज्वरो र निमोनियाको लक्षण

कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधबार अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् । कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ । अस्पताल ल्याएर उपचारपछि ज्वरो केही कम भएपनि चिकित्सकहरुले कोइरालामा निमोनिया भएको आशंका गरेका छन् । कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको चिकित्सक टोली संलग्न छ । महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार