• २०७५ चैत ८ शुक्रबार

कुवेतमा नेपाली महिलाले अबैध बच्चा जन्माएपछि जेल

 बैदेशिक रोजगारीको सिलसिला घरेलु कामदारका रुपमा कुवेत पुगेकी एक नेपाली महिलाले काम गर्ने घरमै अबैध बच्चा जन्माएकी छन् । परियार थर भएकी ती महिलाले गत फेबु्रअरीको अन्तिममा बाबुको पहिचान नभएको शिशु जन्माएकी हुन्। घरमै सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर तत्काल अस्पताल पठाइएकी ती महिलाले केहि समयभित्रै बच्चा जन्माएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएलगत्तै महिलालाई डिपोर्टेसन सेन्टर (जेल) पठाईएको छ ।

शिशुलाई सेल्टरमा राख्न सकिने अवस्था नभएकाले प्रहरीको सहयोगमा डिपोर्टेसन सेन्टर पठाएको नेपाली राजदूतावासले कुवेतले जानकारी दिएको छ । स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई नेपाल फर्काउन समस्या परेको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार