• २०७६ जेठ १३ सोमबार

महिला साफ च्याम्पिसनसिपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । खेल विराटनगरको सहिद रंगशालामा  दिउँसो ३ बजे सुरु हुँदैछ । नेपालले कमजोर भुटानविरुद्ध गोलवर्षा गर्ने अपेक्षा गरिएको छ ।

नेपालले भुटानविरुद्ध साफ च्याम्पियनसिपमा दुई पटक खेलेको छ । यसअघि सन् २०१४ र २०१६ संस्करणमा भुटानको सामना गरेको नेपालले दुवैपटक ८(० को अन्तरले भुटानलाई पराजित गरेको थियो । पछिल्लो संस्करणमा नेपालले भुटानलाई पराजित गर्दा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन् । आजको खेलमा पनि उनीमाथि नै नेपालको गोल गर्ने जिम्मेवारी हुनेछ । च्याम्पियनसिपमा सहभागी सबै टोलीले पहिलो चरण पार गर्दै फाइनलसम्म पुग्ने दावी गरेका छन् । सोमबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सबै देशका प्रशिक्षक र कप्तानले अन्तिमसम्म उपाधिका लागि फाइट गर्ने बताए ।

नेपालका प्रशिक्षक हरि खड्काले उपाधि जित्ने लक्ष्यसहित उच्च मनोबललका साथ प्रदर्शन गर्ने बताए । नेपालकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने बताईन् । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । च्याम्पियनसिपमा ६ देशको सहभागिता रहेको छ । 

समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ बाट श्रीलंका, माल्दिभ्स र भारतले प्रतिस्पर्धा गर्दैछन् । महिला साफमा भारत सर्वाधिक सफल टोली हो । उसले चार पटक उपाधि जितेको छ । 

नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । सोमबारनै सहभागी टोलीका कप्तानले च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार