• २०७५ चैत ८ शुक्रबार

कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न गएका एक नेपालीको मृत्यु भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक राई कोरियाको ह्वासंग शहरस्थित एक मोटर पार्टस् बनाउने कम्पनीमा काम गर्दै आएका थिए ।

उनी चारवर्ष १० महिनाको पहिलो कार्यकाल सकेर पुन सोही कम्पनीमा कमिटमेन्ट वर्करको रुपमा गएका थिए । राईले बेलुकाको खाना खाए लगतै बेहोस भएर ढलेको सँगै काम गर्ने साथीले बताए । ३८ वर्षीय राईका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार