• २०७७ कार्तिक ५ बुधबार

पूर्व कप्तान हरि खडकासहित ११ जना राखेपको बोर्डमा नियुक्त

सरकारले पूर्व राष्ट्रिय फुटबल टिमका कप्तान हरि खडकासहित ११ जनालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्डमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ बाट हरि खडका र चन्द्रा बन्दना राई, प्रदेश २ बाट मानदेव हजारा र मोहम्मद शेख, वाग्मती प्रदेशबाट पुरेन्द्रविक्रम लाखे, गण्डकी प्रदेशबाट राजेश गुरुङ, लुम्बिनीबाट सुमित्रा चौधरी, कर्णाली प्रदेशबाट नन्दा बस्याल र सुदूरपश्चिमबाट एकेन्द्र कुँवरलाई सदस्य नियुक्त गरेको हो । राखेपको अध्यक्षको रूपमा संघहरूको सिफारिसमा मनोनित गर्न पाउने व्यवस्था अनुसार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरेका छन् ।

यसअघि मन्त्री विश्वकर्माले ६ जनालाई साउन १५ गते सदस्य मनोनित गरेका थिए । नयाँ ऐन अनुसार मन्त्रिपरिषद र खेलकुद मन्त्रीले बोर्ड सदस्य मनोनित र नियुक्ति गर्ने प्रावधान रहेको छ । राजनैतिक दबाब र किचलोपछि सदस्य सचिव र उपाध्यक्ष नियुक्त भएको दुई महिनाभन्दा बढी भैसक्दा ११ जना नियुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार