• २०७७ कार्तिक १५ शनिबार

अर्थशास्त्रतर्फको नोेबेल पुरस्कार मिलग्रोम र विल्सनलाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ । सोमबार रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।

नोबेल पुरस्कार सन् १९०१ देखि दिइन थालेको भए पनि अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६९ बाट दिइन थालेको हो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंक स्वेरिएस रिसबांकद्वारा स्थापित यो पुरस्कार पहिलो पटक अर्थशास्त्रीद्वय रागनार फ्रिस्च र जान टिन्बरजेनलाई दिइएको थियो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार