• २०७७ कार्तिक ५ बुधबार

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुगिज फुटबल महासंघले ३५ वर्षीय रोनाल्डोलाई कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा नतिजा पोजिटिभ आएको घोषणा गरेको हो ।

रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेलमा खेलेका थिए ।

रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार