• २०७७ कार्तिक १५ शनिबार

चलचित्र संस्कार निर्माण घोषणा

 चलचित्र ‘संस्कार’को निर्माण घोषणा गरिएको छ । किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ नामक फिल्म निर्माण हुन लागेको हो । चलचित्रको निर्माण घोषणासँगै यसको गीत रेकर्ड सुरु गरिएको छ । यसैक्रममा यो चलचित्रको लागि चितवनको एअरपोर्ट… बोलको गीत बुधबार रेकर्ड गरियो ।

किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ । गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक श्रोतालाई पनि मनपर्ने विश्वास निशान र अस्मिताले व्यक्त गरे ।

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत रहने निर्माता दिनेशले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार