• २०७७ कार्तिक १५ शनिबार

बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको जारी सिजनमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । खेलको अन्तिम बलमा जित निकालेको पन्जावका लागि कप्तान लोकेश राहुलले अविजित ६१ रन बनाए । यसैगरी क्रिस गेलले ५३ रनको योगदान गरे । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । बलीङतर्फ पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

अंक तालिकाको पुछारमा रहेको पन्जाबले गएरातिको जितसँगै ८ खेलबाट ४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बेंगलोरको भने यो तेस्रो हार हो ।

बेंगलोरले ८ खेलमा १० अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज मुम्बइ इण्डीयन्स र कोलकाता नाइट राईडर्स भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार