• २०७७ कार्तिक १५ शनिबार

बलिउड चलचित्र 'का पे रनसिंगम' नेपाल र भारतमा एक साथ रिलिज हुँदै

डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । शुक्रबार (आज)  रिलिज हुने चलचित्र 'का पे रनसिंगम' पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र 'का पे रनसिंगम' सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो । जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र डिशहोमको सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सक्नुहुनेछ । भने असोज १६ गते रिलिज भएको चलचित्र 'खालीपीली' हेर्न चाहनुहुने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नुहुनेछ ।

दैनिक ८ शो संचालन हुने सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगम” अथवा “खालीपीली” हेर्न आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० माफोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार