• २०७७ कार्तिक १५ शनिबार

कोरोना संक्रमणबाट चितवनका एक वडा सदस्यको मृत्यु

कोरोना भाइरस संक्रमणबाट चितवनको खैरहनी नगरपालिका वडा नं. १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको मृत्यु भएको छ । ४१ वर्षीय पाण्डेको भरतपुर अस्पतालको कोभिड आइसीयूमा आज बिहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

वडा सदस्य पाण्डे क्यान्सर रोगबाट समेत ग्रसित थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार