• २०७७ कार्तिक ५ बुधबार

शनिबार थपिए ३ हजार १ सय ६७ कोरोना संक्रमित, १ हजार ८ सय जना डिस्चार्ज

थप १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १ सय ६७ जनामा कोरोना देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म १२ लाख ६९ हजार ६०५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमणको जाँच गरिएको छ । नेपालमा आज ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ७१५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार