• २०७७ कार्तिक ५ बुधबार

चार लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार सहनी र उनकी श्रीमती पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई चार लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका –७ स्थित खनाल मिठाइ पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई शुक्रबार पक्राउ गरिए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । 

यस्तै आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार