• २०७७ कार्तिक ५ बुधबार

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

मृतक पुरुष गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए । स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार