• २०७६ जेठ १३ सोमबार

माग भन्दा बढी आवेदन परेपछि स्पर्श लघुवित्तको आईपीओ बिहीबारदेखि निष्कासन बन्द

 माग भन्दै अधिक खरिदको आवेदन परेपछि स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बिहीबारदेखि बन्द हुने भएको छ ।

आईपीओ वुधबारसम्मलाई मात्र खुलेको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको थियो । १० देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन पाइने सानिमाले जनाएको छ ।

निष्कासन मध्ये ०.५ प्रतिशत अर्थात ४ हजार ११८ कित्ता संंस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ ।

आईपीओबाट संकलन हुने रकम मध्ये पशुपालन, कृषि, खुद्रा व्यापार, सेवा, साना तथा मझौला र घरेलु उद्योगमा लगानी गर्ने स्पर्शले जनाएको छ । पोखरामा केन्द्रीय कार्यलय रहेको लघुवित्तको १० जिल्लामा कार्यक्षेत्र रहेको छ ।

संस्थाले चालु आर्थिक वर्षमा ३८ लाख ९० हजार रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी वर्ष ६४ लाख र ३ वर्षमा नाफा बढेर ७० लाख रुपैयाँ पुग्ने स्पर्शले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार