• २०७७ मङ्सिर ८ सोमबार

बडा दशैंका दिन एकैपटक ४००५ जनाले जिते कोरोना

हालसम्म ७२.३७ प्रतिशत संक्रमित निको भए 

विजया दशमीका दिन एकैपटक ४ हजार भन्दा बढी नेपालीहरुले कोरोनामाथि विजय हासिल गरेका छन् ।

सोमबार अहिलेसम्मकै सर्वाधिक ४००५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा निको भएकासंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त भै निको हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ । यो कूल संक्रमित संख्याको ७२दशमलब ३७ प्रतिशत हो । नेपालमा सोमबार कुल संक्रमितको संख्या १लाख ५९हजार ८सय ३० पुगेको छ । गएको २४ घण्टामा थपिएका १ हजार ७ सय ४१ सहित संक्रमित संख्या १ लाख ६० हजार हाराहारी पुगेको हो । सोमबार नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितहरुको संख्या ४३ हजार २ सय ९३ पुगेको छ ।

नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ८ सय ६२ पुगेको छ । ४३ हजार २ सय ९३ जना विभिन्न स्थानमा होम तथा संस्थागत आईसोलेशनमा रहेका छन् भने २हजार ९ सय ६९ जना क्वारेण्टाइनमा बसेका छन् । हालसम्म १३ लाख ९८ हजार १ सय ७९ वटा नमूनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार