• २०७७ मङ्सिर ८ सोमबार

मोटर साईकल र साईकल जुध्दा दुई जनाको मृत्यु

सप्तरीमा सोमबार भएको सडक दुर्घटना

सप्तरीमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाईकल र साईकलका चालकको मृत्यु भएको हो । सोमबार दिउसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सो दुर्घटना भएको सप्तरी प्रहरीले जानकारी दिएकोे हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा साइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ का मुकेश सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार