• २०७५ चैत ८ शुक्रबार

दुई दर्जन बम, शैक्षिक संस्था ठप्प, यातायातमा आंशिक प्रभाव

सरकारले प्रतिवन्ध घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दका कारण देशभरका सबै जिल्लाहरुको जनजिवन प्रभावित भएको टिभी अन्नपूर्णकर्मीहरु जानकारी गराएका छन । 
बन्दका कारण सबैजसो शैक्षिक संस्थाहरुको पठनपाठन रोकिएको छ भने यातायात क्षेत्रमा यसको आंशिक प्रभाव परेको छ । बन्दकर्ताहरुको उपस्थिती सडकमा न्यून देखिएपनि विभिन्न ठाँउमा बम राखेर अवरोध सिर्जना गरिरहेका खबरहरु प्राप्त भएका छन । उपत्यकामा शैक्षिक संस्थाहरुमा बन्दको प्रभाव देखिएपनि यातायात क्षेत्रमा यसको आंशिक प्रभाव देखिएको छ । बन्दकर्ताले सडकमा अवरोधका लागी कुनै प्रर्दशन गरेको समाचार अहिलेसम्म प्राप्त भएको छैन तर यातायात व्यवसायीहरु आफैले सवारी साधन नचलाउदाँ सडकमा न्युन सवारी साधन चलेको देखिएको छ । 

बन्दकर्ताहरुले उदयपुर, गोरखा, कालिकोट, दैलेख, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा सडकमै बम राखेको समाचार प्राप्त भएको छ । कतिपय स्थानमा बन्दकर्ताले राखेको बम सेनाको टोलीले डिस्पोज गरिसकेको छ भने केही स्थानमा गर्ने क्रममा छ । मकवानपुरमा बन्दकर्ताले सवारी साधनमा आगजनी गरेका छन । अहिलेसम्म बन्दको सबैभन्दा बढि प्रभाव प्रदेश ७ र ५ मा देखिएको छ । 

मकवानपुरमा ट्रकमाथि आगजनी

मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ । घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।

यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । शंकास्पद वस्तु भेटिएको सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले डेटोनेटरको सहायताले शंकास्पद वस्तु निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

उदयपुर कटारी र नवलपरासीको जैसरी पुलमा बम भेटियो, स्थानीय त्रसित

उदयपुरको कटारी नगरपालिका - ३ देवीधाप मा बम फेला परेको छ । 
आज आफ्ना कार्यकर्ता पक्राउको बिरोधमा नेपाल बन्दको आव्हान गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम राखेको प्रहरीको आशंका छ । । आफ्ना नेता सहित सयौ नेता कार्यकर्ता गिरफ्तार परेपछि नेकपाले आज बन्दको घोषणा गरेको हो। कटारी-३ देबिधाप स्थित मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ९चुन ढुगा०सप्लाई गर्ने शिवम मल्टीप्रपोज  प्रालिको गेट अगाडी वम राखिएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख ललन प्रसाद कुर्मीले बताए । 

बिहान कोचिंग जाने क्रममा बिद्यार्थीहरुले देखे पछि स्थानियलाई खबर गरेका थिए । वम डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको छ । डिस्पोजका लागि सेनाको वेलसोत स्थित कालिसिद्धि गणको डिस्पोजल टोलीले आउदै गरेको प्रहरी जानकारी दिएको छ । 

यसै बिचमा नेकपाले आव्हान गरेको बन्दको कारण आज उदयपुरको जनजिवन प्रभाव भएको छ । बन्दका कारण सदरमुकाम गाईघाट लगाइत रामपुर,बेल्टार,कटारी लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैन । 

यसैगरि टिभी अन्नपूर्णकर्मी प्रकाश पौडेलका अनुसार नवलपरासीको गैँडाकोटमा बम फेला परेको छ ।  पूर्व पश्चिम राजमार्गको नारायणगढ नवलपरासी खण्डको जैसरी खोला पुलमा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ ।  अहिले बमका कारण सो क्षेत्रको यातायात ठप्प भएको छ । प्रहरीका अनुसार बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ  ।  आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले यातायातका साधनलाई लक्षित गरी सो बम राखिएको आशङ्का प्रहरीको छ । 

पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला

पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ । 

नेपालगञ्जमा भेटिएको बम सेनाद्वारा डिस्पोज

नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझाचोक नजिकै अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बुधबार राति राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान डिस्पोज गरेको थियो । नेपाली सेनाले त्यसलाई ‘बकेट बम’ भनेको छ । सडकछेउमा बम देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । नेपालगञ्ज–कोहलपुर सडक नेपालगञ्ज भित्रिने र बाहिरिने सडक हो । चारलेनको सडकछेउमा बम राखेपछि यातायात प्रभावित भएको थियो । नेपालगञ्जमा बन्दको प्रभाव आंशिक परेको छ । शिक्षण संस्था बन्द भएका छन् ।लामो दूरीका सवारी साधन चलेका छैनन् । छोटो दूरीका सवारी साधन चलेका छन् । बजारहरु खुलेका छन् । बाँके प्रहरीले अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

प्यूठानका दुई स्थानमा संकास्पद बस्तु फेला

प्यूठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ । माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको हो ।उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो ।  नेपाली सेना समुहको बम डिस्पोजल टोलीले डिस्पोज पारेको प्रहरीले जनाएको छ  । बन्दले प्यूठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ ।   

कैलालीमा विवाहको गाडीमा आगजनी

कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा बसमा आगजनी भएको हो । गाडीमा सवार जन्तीलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । बिहिवार विप्लवको नेपाल बन्द समेत भएकाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । ठुला सवारी साधनहरु बन्द गरिएका छन भने ठाउँमा बमहरु राख्ने, आगजनी गर्ने जस्ता अनैतिक क्रियाकलाप समेत भैरहेका छन् । 

बुटवलको कालिकानगरमा बम भेटियो

बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा बम फेला परेको छ । बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए । उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ (बम) भएको डिस्पोजका क्रममा पत्ता लागेको हो ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए । मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पेरका विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार