• २०७६ जेठ १३ सोमबार

विद्यालयमा गोली चल्दा आठको मृत्यु

 ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुनेमा ५ जना विद्यार्थी र ४ जना अन्य व्यक्ति रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको हो ।  

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार