• २०७७ मङ्सिर ८ सोमबार

जापानमा कास्कीका एक युवकको मेसिनमा च्यापिएर ज्यान गयो

रोजगारीका लागी जापान पुगेका कास्कीका एक युवकको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।  पोखरा महानगरपालिका १३ का २७ वर्षिय सन्तोष दाहालको जापानको यामनाशी प्रान्तमा पर्ने फुयफुकी शहरमा मृत्यु भएको हो ।  

आल्मुनियम प्रशोधन गर्ने कम्पनीमा कार्यरत दाहालको सोमबार काम गरिरहेकै अवस्थामा मेसिनले च्यापिएर ज्यान गएको परिवारिक स्रोतले पुष्टि गरेको छ । 

गएका तीन वर्षदेखी श्रीमति र एक छोरीसहित जापान बस्दै आएका दाहालको शवको पोष्टमार्टम भइसकेको छ । कार्यस्थलमै मृत्यु भएकाले कम्पनीले गर्नुपर्ने प्रक्रिया पुरा गरेपछि उनको अन्तिम संस्सार गरिने बुझिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार