• २०७६ जेठ १३ सोमबार

५ लाखभन्दा कम सेयर कारोबार गर्नेले प्यान लिनु नपर्ने

 नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा ५ लाख रुपैयाँ भन्दा कम सेयर कारोबार गर्नेलाई लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने व्यवस्था गरेको छ । आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो ।

बोर्डले बिहीबार प्रेश विज्ञप्ति जारी गरी ५ लाख भन्दा बढी कारोबार गर्ने लगानीकर्ताको मात्र प्यान नम्बर हुनु पर्ने व्यवस्था गरेको हो । साना लगानीकर्ताले चाहेमा प्यान नम्बरको प्रयोग गर्न सक्ने सेबोनले स्पष्टपारेको छ । साना-ठूला सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने विषय समेटिएको थियो । 

तर, लगानीकर्ता तथा सम्वद्धपक्षहरुसँगको छलफल तथा अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार बोर्डले साना लगानीकर्तालाई प्रोत्साहन गर्न ५ लाख भन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगर्ने निर्णय भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार