• २०७७ मङ्सिर ८ सोमबार

बंगलादेशमा नेपाली फुटबल टोलीको प्रशिक्षण शुरु

पाँच दिनपछि पहिलो मैत्रीपूर्ण खेल खेल्दै

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु गरेको छ ।
 
नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु भएको हो । नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्नेछ । पीसीआर परीक्षणको नतिजा नआउञ्जेल नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो । तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

ढाका आएपछि मैदानमै अभ्यास गराउन पाएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिए पनि नेपालले  राम्रो नतिजा ल्याउने विश्वास ब्यक्त गरेका छन् । कप्तान किरण चेम्जोङले पनि नेपाल र बंगलादेशको स्तर समान रहेकाले मैत्रीपूर्ण म्याचमा तीव्र प्रतिस्पर्धा हुने बताए ।

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली गत बिहीबार ढाका पुगेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार