• २०७६ जेठ ८ बुधबार

सडक दुर्घटनामा परी कतारमा नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ ।मगरको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल भइरहेको परिवारले जनाएको छ।  लामो समयदेखि उनले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार