• २०७७ मङ्सिर ८ सोमबार

पुनम मोथेको शब्दमा नयाँ गीत 'पहिलो माया' सार्वजनिक

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत 'पहिलो माया' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ । एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ ।

भिडीयोलाई निकेस खड्काले निर्देशन गरेका हुन् । जहाँ केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ ।

यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउँछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार