• २०७७ मङ्सिर ११ बिहीबार

मलेसियामा एक नेपाली युवतीको हत्या

मलेसियामा एक नेपाली युवतीको हत्या भएको छ । बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत आइतमाया मगरको हत्या भएको हो । दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो ।

हत्यामा संलग्न युवा नेपाली नै भएको र उनीहरु प्रेम सम्बन्धमा रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ ।

हत्या गर्ने युवक बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसिरहेका थिए । छुरा प्रहारपछि युवक बेहोस भएको र उनलाई उपचारको लागि अस्पताल पुर्याइएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार