• २०७७ मङ्सिर ११ बिहीबार

मलेसियामा नेपाली युवकद्वारा युवतीको हत्या

वैदेशिक रोजगारीका क्रममा मलेसियामा गएकी नेपाली मुलकी युवतीको छुरा हानी हत्या भएको छ । हत्या हुनेमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगर (आरती मगर)  रहेकी छिन् । उनको मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी हत्या गरेका हुन् ।  मलेसिया प्रहरीका अनुसार मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् । रेष्टुरेन्टमा ग्राहक बनेर गएका युवकले सामान्य विवादमा उनीमाथि छुरा प्रहार गरेका हुन् । हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका युवकलाई अस्पताल पुर्याएको छ भने शवको मुचुल्का बनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार