• २०७५ चैत ८ शुक्रबार

प्रेसर कुकर बम देखेपछि डेढ घण्टादेखि पूर्व पश्चिम राजमार्ग बन्द

 पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका- १० चिसाङ खोलाको पुलमा बम भेटिएको छ। पुलको बीच भागमा माथिल्लो भागमा रातो टेप लगाइएको प्रेसर कुकर राखिएको छ।  बम देखेपछि प्रहरीले डेढ घण्टादेखि राजमार्ग बन्द गर्नुका साथै पैदलयात्रुलाई पनि हिँडडुल गर्नमा रोक लगाएको छ। 

 इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार  कुकरबाट करिब २० मिटर लामो बिजुलीको तार जंगलतिर लगिएको छ। अपरित एक समूहले बाटोमा हिँडेका स्थानीयबासीलाई 'विप्लव का कार्यकर्ता हौं, बम राखिएको छ, यताउता नहिँड्नुहोला' भन्दै बम राखेर हिँडेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार